रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
शनिबार, चैत २५, २०७९
गुल्मीमा निजामती कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन
शनिबार, चैत २५, २०७९
गुल्मीमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनद्वारा नयाँ वर्षको शुभकामनासंगै भित्तेपत्रो विमोचन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुख्य नारासहित औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान संगै भित्तेपत्रो विमोचन गरिएको हो ।
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण
शनिबार, चैत २५, २०७९
पाल्पाको भाषा, कला साहित्य र संस्कृति समेटिएको कृति लोकार्पण गरिएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेको हो ।
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल
शनिबार, चैत २५, २०७९
जिल्लाको रामपुरमा राजस्व सुुधार कार्ययोजना सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला भएको हो ।
तानसेनमा मिलिजुलीले गर्यो जेष्ठ नागरिकलाई सम्मान
शनिबार, चैत २५, २०७९
जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू
शनिबार, चैत २५, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शनिबार, चैत २५, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम
शनिबार, चैत २५, २०७९
एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’
शनिबार, चैत २५, २०७९
लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो रामचन्द्र चन्द । गुल्मीको अग्लुङमा आमा मिनाकुमारी चन्द र बुवा भिमसेन चन्दको सुपुत्रका रुपमा जन्मिएका चन्दलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शुक्रबार, चैत २४, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।
ठगी गर्ने नासु पक्राउ
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।


