Shittalpati
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा...
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं गुल्मीका बाह्रै वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । 
ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस
ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेनमा विश्व योग दिवस मनाइएको छ । बुधबार विद्यालयले योग र आध्यात्मिक प्रवचन गरी दिवस मनाएको हो ।
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गर्दै आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । 
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड...
लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो
लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो । 
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’ ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरु विक्री नभएको २० दिन बितेको छ’, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्याण्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्छन्, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुःखेसो पोखे । पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन...
आज विश्व योग दिवस मनाइदैं
आज विश्व योग दिवस मनाइदैं आज विश्व योग दिवस मनाइदै छ । विश्व योग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको...
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम ठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो ।
बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन
बझाङ दुर्घटना अपडेट: मन्त्री सिंहको निधन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 
जिप दुर्घटना दुई जनाको मृत्यु
जिप दुर्घटना दुई जनाको मृत्यु बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् । 
Weather Update