चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार
बुधबार, फागुन ९, २०८०

फागुन १९ देखि तानसेन महोत्सव हुँदै
मंगलबार, फागुन ८, २०८०
तानसेनको टुँडिखेल मैदानमा यही फागुन १९ गतेदेखि तानसेन महोत्सव २०८० हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको हो ।

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, फागुन ७, २०८०
जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

प्रजातन्त्र दिवस, देशभर मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

आज निर्वाचन दिवस मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।

पहिलो दिन नै नेप्सेमा गिरावट
आइतबार, फागुन ६, २०८०
सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अंकले गिरावट आएको हो । नेप्से ओरालो लागेसँगै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।

लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र
आइतबार, फागुन ६, २०८०
लुम्बिनीमा फागुन २८ देखि २९ गते सम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।

पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी
शुक्रबार, फागुन ४, २०८०
पाल्पामा नेपाल नियमित रक्तदाता संघ गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले रक्तदाता संघ पाल्पा शाखा गठन गरेको हो ।

रामपुरमा कुकुरको स्थायी बन्ध्याकरण
शुक्रबार, फागुन ४, २०८०
जिल्लाको रामपुरमा सामुदायिक कुकुरको व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण गरिएको छ । कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि शिविरमार्फत बन्ध्याकरण गरिएको हो ।

पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
बिहीबार, फागुन ३, २०८०
सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।

‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित
बिहीबार, फागुन ३, २०८०
गुल्मेली गायक रामचन्द्र चन्द ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड २०८० बाट सम्मानित भएका छन् । कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डबाट चन्द सम्मानित भएका हुन् ।

ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा
बिहीबार, फागुन ३, २०८०
जिल्लाको तिनाउ गाउँपालिका– ३ स्थित बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा
बिहीबार, फागुन ३, २०८०
ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।