Shittalpati
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो । 
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
प्रधानमन्त्री लुम्बिनीमा
प्रधानमन्त्री लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनि यहाँ आएका हुन् । 
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । 
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।
कोरियाको कमाइ र सीप भैँसीपालनमा
कोरियाको कमाइ र सीप भैँसीपालनमा दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको...
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
घाँसको बिउ बेचेर दुई लाख आम्दानी
घाँसको बिउ बेचेर दुई लाख आम्दानी घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् ।
एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै
एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
Weather Update