शीतभण्डारमा कहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै
बिहीबार, माघ १८, २०८०
एउटै वडाबाट ११ करोडको सुन्तला विक्री
मंगलबार, माघ ९, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्ग, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्क लगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
च्याउ खेतीमा जमेका वीरबहादुर
शनिबार, माघ ६, २०८०
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायी तानसेनमा
बुधबार, माघ ३, २०८०
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका छन् । डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा गर्न तीन जिल्लाका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका हुन् ।
कफी खेतीमा गवारोको प्रकोप
शुक्रबार, पुस २७, २०८०
चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ...
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
मंगलबार, पुस २४, २०८०
यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।
कृषि उपकरणमा अनुदान
शनिबार, पुस २१, २०८०
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।
१६८ मुरी धान फलाएका बम्जन दम्पती पुरस्कृत
शनिबार, पुस ७, २०८०
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
शनिबार, पुस ७, २०८०
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजा आजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
मासिक डेढ लाख कमाउँछन् हिरालालले
शनिबार, पुस ७, २०८०
जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् ।
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
शनिबार, पुस ७, २०८०
धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण
बुधबार, पुस ४, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।