Shittalpati
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...
पाल्पामा सुन्तला कृषकलाई तालिम
पाल्पामा सुन्तला कृषकलाई तालिम जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी सामान्य कुराकानी चलिरहेका बेला दुई/चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आवद्ध गराउँदै छ जिल्लामा विस्तार...
रैथाने बाली लोप हुँदै
रैथाने बाली लोप हुँदै उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
पाल्पामा धान उत्पादनमा वृद्धि
पाल्पामा धान उत्पादनमा वृद्धि पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
तोरी खेतीमा किसानको आकर्षण बढेन पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद...
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई  रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरी झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी...
Weather Update