कृषकलाई अनुदानमा हाते ट्याक्टर
आइतबार, असार १९, २०७९
सिँचाइले बाँझो जमिन हराभरा
शनिबार, असार १८, २०७९
सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...
रेसुङ्गाका बिस कृषक सम्मानित
शनिबार, असार १८, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ
बिहीबार, असार १६, २०७९
पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’...
रोपाइँमा गुञ्जिन छाडे ‘असारे भाका’
बुधबार, असार १५, २०७९
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई याद आउँछ ।
मल पाइने भएपछि कृषक खुसी
आइतबार, असार ५, २०७९
रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।
किसानलाई मलको पिरलो
मंगलबार, जेठ ३१, २०७९
यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रो पटक...
पाल्पा रामपुरका किसानलाई बीउ वितरण
सोमबार, जेठ ३०, २०७९
उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
सोमबार, जेठ ३०, २०७९
प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
अनुदानको बीउ किसानलाई महँगोमा
शुक्रबार, जेठ २७, २०७९
रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता
आइतबार, जेठ १५, २०७९
सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ ।
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
मंगलबार, जेठ १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
शनिबार, वैशाख १०, २०७९
सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।


