पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा
बुधबार, फागुन ३, २०७९
पशु बधशाला सञ्चालनको तयारी
मंगलबार, फागुन २, २०७९
बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
शुक्रबार, माघ २०, २०७९
स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीत भण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।
बिचौलियाको मारमा सुन्तला कृषक
बिहीबार, माघ १९, २०७९
गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।
डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
बुधबार, माघ १८, २०७९
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सोमबार, माघ १६, २०७९
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा सुन्तला बिक्री भइरहेको उनले बताए ।
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री
शनिबार, माघ १४, २०७९
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
शुक्रबार, माघ ६, २०७९
जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
बुधबार, माघ ४, २०७९
गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् ।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बुधबार, पुस २७, २०७९
‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...
निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार
शुक्रबार, पुस २२, २०७९
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिके अनुसारको व्यवसाय...
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
बिहीबार, पुस २१, २०७९
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौं सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय...
यस वर्ष धान उत्पादन बढ्यो
शुक्रबार, पुस १५, २०७९
यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।


