Shittalpati
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारको बैंठकमा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
रामपुरका किसानलाई अनुदानमा धानको बीउ पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । 
कृषकलाई गोलासहित माहुरी उपहार
कृषकलाई गोलासहित माहुरी उपहार गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
तरकारी खेतीबाटै करौडौंको मालिक
तरकारी खेतीबाटै करौडौंको मालिक सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
बाख्रापालनको व्यावसायीकरणमा जोड
बाख्रापालनको व्यावसायीकरणमा जोड बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं मौरी अनुशासित र कर्मशिल प्राणी हो । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिन सक्छ । पछिल्लो समय गुल्मी मुसिकोटका किसानहरु मौरीपालनमा आकर्षित हुँदै गएका छन् । थोरै धेरै मौरी पालनमा किसान...
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
सोमबार गुल्मीमा मह दिवस मनाइँदै गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान संगठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए ।
Weather Update