मासिक डेढ लाख कमाउँछन् हिरालालले
शनिबार, पुस ७, २०८०
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
शनिबार, पुस ७, २०८०
धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण
बुधबार, पुस ४, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।
किसान परिचयपत्र उपलब्ध गराउन माग
बुधबार, पुस ४, २०८०
इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री
मंगलबार, मंसिर २६, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको बताए ।
गुल्मीमा सुन्तला उत्पादन घट्यो
मंगलबार, मंसिर १९, २०८०
गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
मंगलबार, मंसिर १९, २०८०
कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’
शनिबार, मंसिर १६, २०८०
चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।
रैथाने बाली जोगाउनै मुस्किल
बिहीबार, मंसिर १४, २०८०
पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाका जीवन रायमाझी चार दशकअघि अनदी जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन् । चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । खेतैभरि लहरै अनदीको धान फल्दा रायमाझीको मन फुरुंग हुन्थ्यो ।
किसानको आलु कम्पनीले सिधैं खरिद गर्ने
बुधबार, मंसिर १३, २०८०
स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ...
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
शनिबार, मंसिर ९, २०८०
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
शनिबार, मंसिर ९, २०८०
भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।


