Shittalpati
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा उखुु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
बेमौसमी वर्षाले गहुँबालीमा क्षति दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भिर्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना...
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक
मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आवद्ध छन् । समूहमा...
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् ।
तानसेनको दमकडामा कृषि मेला
तानसेनको दमकडामा कृषि मेला जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
मकै र गहुँको सट्टा कफी खेती
मकै र गहुँको सट्टा कफी खेती अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।
कृषि उत्पादन बढाउन मेला
कृषि उत्पादन बढाउन मेला कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।
तिनाउका किसानलाई मकै रोप्ने मेसिन
तिनाउका किसानलाई मकै रोप्ने मेसिन जिल्लाको तिनाउ गाउँपालिकाले किसानलाई मकै रोप्ने मेसिन निःशुल्क दिएको छ । पालिकाले मकै उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगप्रति किसानलाई आकर्षित गर्न मेसिन दिएको हो । पछिल्लो समय मकैको माग अत्याधिक रहेपनि उत्पादन कम हुँदा उपभोक्ताले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिकाले मेसिन वितरण गरेर आधुनिक प्रविधिको प्रयोगको...
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
Weather Update