कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
शुक्रबार, भदौ १२, २०७७
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता !
बिहीबार, भदौ ११, २०७७
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता भएको छ । मेसिन जडानका लागि आवश्यक उपकरण नभएको भन्दै एक महिनापछि उक्त मेसिन काठमाडौं फिर्ता गरिएको हो ।
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो
बिहीबार, भदौ ११, २०७७
नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेको बताएका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय,...
उच्च ज्वरोबाट तीनको मृत्यु
बिहीबार, भदौ ११, २०७७
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
बुधबार, भदौ १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
बुधबार, भदौ १०, २०७७
जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।
तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
बुधबार, भदौ १०, २०७७
सिल गरिएको तानसेन ४ विशाल बजार क्षेत्रका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विशालबजारकी ४० वर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ३ सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण
मंगलबार, भदौ ९, २०७७
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
मंगलबार, भदौ ९, २०७७
प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
मंगलबार, भदौ ९, २०७७
गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।
कोरोना सङ्क्रमित पुरुषको मृत्यु
मंगलबार, भदौ ९, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
सोमबार, भदौ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु...


