तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन
सोमबार, भदौ १, २०७७

चिकित्सकले कोरोना भएको थाहा पाएपछि ...
सोमबार, भदौ १, २०७७
नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ ।

लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान
आइतबार, साउन ३२, २०७७
लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।

रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री
आइतबार, साउन ३२, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।

कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय दुई पुग्यो
आइतबार, साउन ३२, २०७७
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुटवलमा कोरोना संक्रमितको मृत्यु
शनिबार, साउन ३१, २०७७
कपिलवस्तुका उक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार मृत्यु भएको हो ।

प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना
शुक्रबार, साउन ३०, २०७७
प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए ।

प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण
शुक्रबार, साउन ३०, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ संक्रमण बढ्दै गएको छ । रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् ।

तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी
बिहीबार, साउन २९, २०७७
तानसेनमा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।

पाल्पामा थप एक जनामा कोरोना पुष्टि
बिहीबार, साउन २९, २०७७
जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
बिहीबार, साउन २९, २०७७
नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’
बिहीबार, साउन २९, २०७७
बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुधबार, साउन २८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।