मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार, साउन २७, २०७७

विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
मंगलबार, साउन २७, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
मंगलबार, साउन २७, २०७७
गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
सोमबार, साउन २६, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

पाल्पामा थप एक जनामा कोरोना पुष्टि
आइतबार, साउन २५, २०७७
जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।

तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।

रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन
शनिबार, साउन २४, २०७७
जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो ।

कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो
शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
बिहीबार, साउन २२, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
बुधबार, साउन २१, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
मंगलबार, साउन २०, २०७७
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४

कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
मंगलबार, साउन २०, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

पाल्पा कोरोना संक्रमण मुक्त
मंगलबार, साउन २०, २०७७
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।