Shittalpati
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता !
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता ! कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता भएको छ । मेसिन जडानका लागि आवश्यक उपकरण नभएको भन्दै एक महिनापछि उक्त मेसिन काठमाडौं फिर्ता गरिएको हो ।
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेको बताएका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय,...
उच्च ज्वरोबाट तीनको मृत्यु
उच्च ज्वरोबाट तीनको मृत्यु कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।
तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ सिल गरिएको तानसेन ४ विशाल बजार क्षेत्रका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विशालबजारकी ४० वर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ३ सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।
कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कोरोना सङ्क्रमित पुरुषको मृत्यु रुपन्देहीको गैडहवा गाउँपालिका­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
Weather Update