पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी
सोमबार, पुस ५, २०७८
थप एक सय ८१ जनामा कोरोना संक्रमण
सोमबार, पुस ५, २०७८
पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बालबालिकालाई कोरोना खोप लगाइँदै
आइतबार, पुस ४, २०७८
आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।
प्रदेश स्वास्थ्य मन्त्रालय दाङमा सर्यो
शुक्रबार, पुस २, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय स्थानीय राजधानी दाङमा सरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा मुकाम तोकेर सञ्चालन हुँदै आएको मन्त्रालय बुधबारदेखि राप्ती दाङमा सरेको हो । मन्त्रालय सरेसँगै दाङको सिसहनियामा कार्यालय स्थापना गरी कार्यसम्पादन हुँदै आएको छ ।
बुधबार दुई सय ८० संक्रमित थपिए
बुधबार, मंसिर २९, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरका विभिन्न स्थानबाट २ सय ८० संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा ९ हजार २ सय १२ जनाको पीसीरआर परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।
सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु
सोमबार, मंसिर २७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ जनाको कोरोनाका कारण मृत्यु भएको ।
गुल्मीमा अक्सिजन उत्पादन सुरु
सोमबार, मंसिर २७, २०७८
जिल्ला अस्पताल गुल्मीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट । जडानको सम्पूर्ण कार्य पूरा भएसँगै यहाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको प्लान्टमा तत्काल दैनिक ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिन्छ ।
कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो
शनिबार, मंसिर २५, २०७८
नेपालमा कोरोना भाइरस विरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए ।
देशभर थप २ सय ३६ मा कोरोना संक्रमण
शनिबार, मंसिर २५, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ हजार १ सय ७८ को पिसिआर परीक्षण गरिएको थियो ।
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा
शनिबार, मंसिर २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निजी स्वास्थ्य संस्थाले बिमाको नाममा धेरै रकम माग दावी गरेको बताएका छन् । निजी स्वास्थ्य संस्थाले बिरामीलाई आवश्यक भन्दा बढी औषधी दिने गरेको र आवश्यक भन्दा बढी रकम दावी गरेको मन्त्री खतिवडाले बताए । उनले यस विषयमा सरकार गम्भीर भएको समेत जानकारी दिए ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
बुधबार, मंसिर २२, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
तीन सय १५ नयाँ संक्रमित थपिए
मंगलबार, मंसिर २१, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका तीन सय १५ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
सोमबार, मंसिर २०, २०७८
नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।


