कोरोनाका कारण थप दुई जनाको मृत्यु
शनिबार, साउन १४, २०७९

कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
शनिबार, साउन १४, २०७९
कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...

दुई कोरोना संक्रमितको मृत्यु
बिहीबार, साउन १२, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।

पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित
बुधबार, साउन ११, २०७९
पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।

असंगठीत र पहिचान नखुलेकाहरुको खोजी गरी सेवा दिने
बुधबार, साउन ११, २०७९
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपाङ्गता र अन्य समुदायका नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने भएको छ ।

पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
मंगलबार, साउन १०, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पामा थप सात जनामा कोरोना
सोमबार, साउन ९, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
शुक्रबार, साउन ६, २०७९
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार, साउन ६, २०७९
पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द
मंगलबार, साउन ३, २०७९
तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा...

पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, असार ३१, २०७९
पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।