Shittalpati
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।
बनाएनन् सबै वडाले क्वारेन्टाइन
बनाएनन् सबै वडाले क्वारेन्टाइन भारतसहित विभिन्न देशमा ठूलो संख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि चितवनमा काम हुनसकेको छैन ।
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन जिल्लामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्न थालिएको छ । भारतीय भूमिबाट धमाधम नेपाली श्रमिकहरु जिल्ला भित्रिन थालेपछी जोखिमबाट बच्न शंकास्पद व्यक्तिहरुको स्वाव संकलन तथा परीक्षण गर्न थालिएको हो ।
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ ।
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
Weather Update