Shittalpati
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।
मेडिकल कलेजमा आइसोलेशन सेण्टर
मेडिकल कलेजमा आइसोलेशन सेण्टर जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
कोरोना प्रतिकार्य योजना निर्माण
कोरोना प्रतिकार्य योजना निर्माण गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर...
हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण
हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट आएका नागरिकहरुबाट कोभिड १९ कोरोना भाइरस फैलिन जोखिमबाट बच्न क्वारेन्टाइन निर्माण गरिएको ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर...
आज तीस जना नयाँ सङ्क्रमित :  सङ्क्रमित पुगे ४८७
आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७ कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो ।
Weather Update