गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
मंगलबार, जेठ १३, २०७७
कोरोना प्रतिकार्य योजना निर्माण
मंगलबार, जेठ १३, २०७७
गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
मंगलबार, जेठ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
सोमबार, जेठ १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार
आइतबार, जेठ ११, २०७७
जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो ।
काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई
आइतबार, जेठ ११, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको श्रद्धाञ्जली सहित अन्तिम दाहासंस्कार गरिएको छ । जिल्लाका राजनितिक दल, जनप्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत शुभेच्छुकहरुको उपस्थितीमा आईतबार राम्दीमा अन्तिम दाहसंकार गरिएको हो ।
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा
शनिबार, जेठ १०, २०७७
लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि शाखाले कृषि सहकारीहरु संग समन्वय गरी शनिबार देखि कृषि एम्बुलेन्स मार्फत तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा...
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
शनिबार, जेठ १०, २०७७
नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर...
हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण
शनिबार, जेठ १०, २०७७
बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट आएका नागरिकहरुबाट कोभिड १९ कोरोना भाइरस फैलिन जोखिमबाट बच्न क्वारेन्टाइन निर्माण गरिएको ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर...
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण
शनिबार, जेठ १०, २०७७
सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक...
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य
शनिबार, जेठ १०, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
किसानको तरकारी बजारमा पुर्याउन समस्या
शुक्रबार, जेठ ९, २०७७
व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।


