रामपुर १ का कृषकहरुलाई अनुदानमा मौरी घार
शुक्रबार, जेठ ९, २०७७
संवादबाटै जमीन फिर्ता लिइन्छ : सञ्चारमन्त्री
शुक्रबार, जेठ ९, २०७७
सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्याइने दृढता व्यक्त गरेका थिए ।
आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७
शुक्रबार, जेठ ९, २०७७
कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
शुक्रबार, जेठ ९, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बिहीबार, जेठ ८, २०७७
बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग
बुधबार, जेठ ७, २०७७
नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्याउन माग गरेका हुन् ।
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
बुधबार, जेठ ७, २०७७
तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो
बुधबार, जेठ ७, २०७७
कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो ।
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
बुधबार, जेठ ७, २०७७
नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ ।
रैनादेवी छहराले संकलन गर्यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बुधबार, जेठ ७, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो ।
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने
बुधबार, जेठ ७, २०७७
विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
बुधबार, जेठ ७, २०७७
कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।


