पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
शनिबार, जेठ १७, २०७७
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा
शनिबार, जेठ १७, २०७७
देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४...
रणउजिरेश्वरी लायन्स क्लवले दियो विपन्नलाई खाद्यन्न र विरामीलाई औषधी
शुक्रबार, जेठ १६, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लवले पनि लकडाउनका बेला प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई खाद्यान्न र दिर्घरोगीहरुका लागि निःशुल्क औषधी सहयोग गरेको छ ।
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार
शुक्रबार, जेठ १६, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ । वडाले आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो ।
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
शुक्रबार, जेठ १६, २०७७
बाहिरबाट आएका नागरिकहरुलाई राख्नका लागि तानसेन बतासेडाँडामा निर्माण गरिएको क्वारेन्टाईन अव्यवस्थित रहेको पाइएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले स्थानीय वासिन्दा र स्वंयम क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको गुनासाको आधारमा त्यहाँको स्थलगत अनुगमन गर्ने क्रममा कोरेन्टाईन अव्यवस्थित रहेको पाईएको हो ।
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ
शुक्रबार, जेठ १६, २०७७
मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो ।
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् ।
कोरोनाबाट थप एकजनाको मृत्यु
बिहीबार, जेठ १५, २०७७
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग
बिहीबार, जेठ १५, २०७७
पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् ।
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव
बिहीबार, जेठ १५, २०७७
प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले सघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताएका छन् ।

