पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना
शुक्रबार, असार ५, २०७७
परिवारमा प्रविधिको असर !
शुक्रबार, असार ५, २०७७
अहिलेको यो सूचना प्रविधि अनि विकशित हुँदै गइरहेको समाजमा कहीं हामीहरूबाट केहि भूल चुक त भइरहेको छैन ? हामीद्वारा आफ्नो लगायत घरका साना नानी बाबुहरुको हेरचाह अनि पालन पोषण गर्ने क्रममा कही कमी त भइरहे को त छैन ? एक पटक आफैले आफैलाई प्रश्न गरौं के तपाईलाई थाहा छ कि...
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए
बिहीबार, असार ४, २०७७
जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर...
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण
बिहीबार, असार ४, २०७७
नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए...
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो
बिहीबार, असार ४, २०७७
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले...
पाल्पामा बन्दाबन्दीका बेला फलफूलका बिरुवाको माग बढ्यो
बिहीबार, असार ४, २०७७
सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ । सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसानले बन्दाबन्दीको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरेका छन् । सो गाउँपालिका–४,सल्लेधाराका ददीराम...
‘बाँदरले मकै च्यातेर नष्ट पार्यो, कोसँग हारगुहार गर्नू’
बिहीबार, असार ४, २०७७
पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजिकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात,...
सर्वसहमतिले संविधान संशोधन विधेयक पारित
बिहीबार, असार ४, २०७७
राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन...
अनलाइनबाट बञ्चित विद्यार्थी खुल्ला चौरमा पढ्दै
बिहीबार, असार ४, २०७७
लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि केही दुरदराजका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन् । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गरे पनि पाल्पाको...
कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु
बुधबार, असार ३, २०७७
भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मंगलबार...
तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण
बुधबार, असार ३, २०७७
तानसेनमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुआहाराको आयोजनामा एक दिने कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापती मिरा मरासिनीले जिल्लामा कोरोना भाइरसको संक्रमण...


