बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण
आइतबार, असार ७, २०७७
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल
आइतबार, असार ७, २०७७
नवलपरासी (पूर्व) तथा नवलपरासी (पश्चिम) जिल्ललामा कार्यरत बनाएको सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा आफ्ना फिल्ड कर्मचारीहरु मार्फत पाल्पा जिल्लाका २८ हजार ९ सय १५ घरधुरीमा फोन सम्पर्क गरी हजार दिनका आमा तथा कोभिड १९ बाट प्रभावित परिवारलाई परामर्श सेवा...
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ७९ पुग्यो
आइतबार, असार ७, २०७७
जिल्लामा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको स्वास्थ कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए ।
गुल्मीको एक सुत्केरी महिलालाई कोरोना
आइतबार, असार ७, २०७७
गुल्मीको एक सुत्केरी महिलामा कोरोना पुष्टि भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा सुत्केरी भएकी गुल्मी दरबार गाउँपालिकाकी २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पाका स्थानीय तहले वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिने
आइतबार, असार ७, २०७७
पाल्पाका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्यसंगै वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारी गरेको बताएका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाईरसका कारण स्वास्थ्य प्राथमिकतामा रहने र बालबालिकाको रोकिएका सिकाई सुचारु गर्नका लागि शिक्षामा पनि स्थानिय तहले ध्यान दिने बताएका हुन् ।
रामपुरमा पनि मनाइयो विश्व योग दिवस
आइतबार, असार ७, २०७७
अन्तर्राष्ट्रिय योग दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘परिवारका साथ घरघरमा योग’ भन्ने नाराका साथ आईतबार छैठौं विश्व योग दिवस मनाइएको हो । लकडाउनका बिच भौतिक दुरीलाई ध्यानमा राख्दै जिल्लाको रामपुर ६ को विजयपुरमा योग अभ्यास सहित कार्यक्रम गरी दिवस मनाइएको छ ।
पाल्पामा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४ पुग्यो
आइतबार, असार ७, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । आइतबार मात्र जिल्लामा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
आइतबार, असार ७, २०७७
कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।
वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो
आइतबार, असार ७, २०७७
धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका–१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना संक्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको बताएका छन् ।
नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो
आइतबार, असार ७, २०७७
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैंसीको पाडी पुरिएर मरेको छ ।
गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ
शनिबार, असार ६, २०७७
जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

