Shittalpati
भतिजको कुटाइबाट काकाको मृत्यु
भतिजको कुटाइबाट काकाको मृत्यु महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
छैन स्वास्थ्यचौकीमा औषधि
छैन स्वास्थ्यचौकीमा औषधि कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।
बालिका हत्याका दोषीलाई कारवाहीको माग
बालिका हत्याका दोषीलाई कारवाहीको माग राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
अदुवा खेतीको विकल्प बन्यो बेसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।
‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
उखु किसानले अझै पाएनन् भुक्तानी
उखु किसानले अझै पाएनन् भुक्तानी जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।
कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
Weather Update