Shittalpati
३ सय १७ संक्रमित थपिए
३ सय १७ संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
प्रविधितर्फ किसान आकर्षित
प्रविधितर्फ किसान आकर्षित रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।
विप्लवद्वारा नेपाल बन्दको घोषणा
विप्लवद्वारा नेपाल बन्दको घोषणा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।
आजदेखि जनगणना,  सम्पूर्ण तयारी पूरा
आजदेखि जनगणना, सम्पूर्ण तयारी पूरा आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबारदेखि सुरु हुन लागेको हो ।
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको थियो ।
गुल्मेलीको मिलन पाल्पामा
गुल्मेलीको मिलन पाल्पामा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो ।
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’
पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’ रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन ।
Weather Update