Shittalpati
मंगलबार सार्वजनिक बिदा
मंगलबार सार्वजनिक बिदा सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मेघ गर्जन र चट्याङसहित वर्षा
मेघ गर्जन र चट्याङसहित वर्षा ,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’ गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा  ?
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा ? सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिजेका थापा विकासका पर्याय हुन् ।
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।
उम्मेदवारको निधन
उम्मेदवारको निधन आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । पाल्पासहित देशभर विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउन लागिएको हो । नेपालसहित विश्वका श्रमिकले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाउने गरिन्छ ।
पाल्पामा ७५ जनाको उम्मेदवारी फिर्ता
पाल्पामा ७५ जनाको उम्मेदवारी फिर्ता गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पामा बागी र स्वतन्त्र उम्मेदवारी दिएका ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् ।
‘गठबन्धनले निर्वाचनलाई प्रदुषित बनायो’
‘गठबन्धनले निर्वाचनलाई प्रदुषित बनायो’ नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्र्चाज ठाकुर गैरेले ५ दलिय गठबन्धनबाट वैशाख ३० गते हुने निर्वाचनलाई प्रदुषित बनाएको आरोप लगाएका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कतै चुनावी सभा त कतै घरदैलो कार्यक्रम भएका छन् । यहाँ २०७४ को निर्वाचनमा एमालेले कब्जा गरेका पालिकाहरुमा समेत आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने गरी पाँच दलीय गठबन्धनले घरदैलो कार्यक्रमदेखि चुनावी सभाहरुलाई व्यापक बनाएको छ ।
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ?
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ? पाल्पाको सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो मधु पराजुली । माथागढीको झडेवामा २०४१ साल वैशाख ८ गते बुबा कृष्ण पराजुली र आमा राममाया पराजुलीको सुपुत्रको रुपमा जन्मिएका उनले सानै उमेरदेखि विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आएका छन् । २०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले २०६५ सालमा नेपाली...
Weather Update