Shittalpati
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् । .
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
प्रधानमन्त्रीमा ओलीको पनि दाबी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पामा विहीबार थप १ सय १० जना  कोरोना संक्रमित निको भए
पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । बुधबार मात्र जिल्लामा १ सय ६ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना...
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् ।
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
Weather Update