महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
आइतबार, फागुन २२, २०७८

पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
आइतबार, फागुन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...

तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
शनिबार, फागुन २१, २०७८
तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।

पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’
शनिबार, फागुन २१, २०७८
जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
शुक्रबार, फागुन २०, २०७८
त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।

गुल्मी तरुण दलको वृहत प्रशिक्षण
शुक्रबार, फागुन २०, २०७८
गुल्मीमा नेपाल तरुण दलको वृहत् प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल तरुण दल रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को आयोजनामा गर्जुरामा वृहत् प्रशिक्षण कार्यक्रम गरिएको हो ।

किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले
शुक्रबार, फागुन २०, २०७८
बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा...

गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
शुक्रबार, फागुन २०, २०७८
नेपाली काँग्रेस गुल्मीको प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका – २, छल्दीमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को पार्टी कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।

बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
शुक्रबार, फागुन २०, २०७८
तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...

पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
बिहीबार, फागुन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।