Shittalpati
बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त
बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा नै संक्रमण देखिएको छ ।
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधिन...
पाल्पामा मंगलबार थप १ संक्रमणमुक्त, १ जनामा कारोना
पाल्पामा मंगलबार थप १ संक्रमणमुक्त, १ जनामा कारोना जिल्लामा पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रैनादेवी छहरा गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो ।
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि भेगका किसानको जीवन शैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवावासी यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् ।
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस आज विविध कार्यक्रम गरी मनाउन लागिएको हो । नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय...
रेडक्रसले दियो पाल्पा अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री
रेडक्रसले दियो पाल्पा अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्ला अस्पताल पाल्पा र जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्याललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।
पाल्पा काँग्रेसले मनोनीत गर्‍यो सल्लाहकार, सदस्य र प्रवक्ता
पाल्पा काँग्रेसले मनोनीत गर्‍यो सल्लाहकार, सदस्य र प्रवक्ता नेपाली काँग्रेस पाल्पाले सल्लाहकार, सदस्य र प्रवक्ता मानोनीत गरेको छ । नेपाली काँग्रेसले पार्टीको विधान अनुसार १७ जना सहल्लाकार, चार जना कार्यसमिति सदस्य र प्रवक्ता मनोनीत गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको विधानको धारा १२ (७) ‘ज’ र १२.५ ख २ अनुसार सल्लाहकार, सदस्य र...
पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त
पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४ जना महिलाहरु संक्रमणमुक्त भएका हुन् ।
एकै घरका पाँच जनाको मृत्यु
एकै घरका पाँच जनाको मृत्यु ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक
गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक भएको छ । गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभाराम्भ गरिएको अभियानको मध्य–समीक्षात्मक बंैठक भएको हो ।
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा  बरूण
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।
Weather Update