आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
मंगलबार, चैत १, २०७८

माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
सोमबार, फागुन ३०, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
सोमबार, फागुन ३०, २०७८
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने
सोमबार, फागुन ३०, २०७८
नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् ।

बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
सोमबार, फागुन ३०, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।

प्रतिनिधिसभाको बैठक चैत २ गते
आइतबार, फागुन २९, २०७८
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।

आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला
आइतबार, फागुन २९, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका छन् । काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गरे ।

तानसेन नगर सरकारको ‘छोरी शिक्षा’ कार्यक्रम
आइतबार, फागुन २९, २०७८
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा...

‘संक्रमण घटे पनि जोखिम यथावत्’
शनिबार, फागुन २८, २०७८
मुलुकमा कोभिड–१९ को संक्रमण क्रमश : कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला
शुक्रबार, फागुन २७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईरालाले कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न नेपाली काँग्रेस गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । काँग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा गुल्मी आएका नेता कोइरालाले तम्घासमा आयोजना गरिएको वृहत भेलालाई सम्बोधन गर्दै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई...

अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो
शुक्रबार, फागुन २७, २०७८
अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो ।

रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
शुक्रबार, फागुन २७, २०७८
पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।

माथागढीको भैसीकट्टामा बाख्रा वितरण
शुक्रबार, फागुन २७, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।