निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य
मंगलबार, कात्तिक १५, २०७९
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय
मंगलबार, कात्तिक १५, २०७९
प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले रिब्दीकोटका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका हुन् ।
विकास र समृद्धिका लागि गठबन्धनलाई मत : घर्ती मगर
मंगलबार, कात्तिक १५, २०७९
प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका...
व्यवस्था फेरियो, अवस्था फेरिएन
मंगलबार, कात्तिक १५, २०७९
झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो । उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।’ यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुन् ।
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
मंगलबार, कात्तिक १५, २०७९
राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ...
घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’
सोमबार, कात्तिक १४, २०७९
पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।
एक करोड थान मतपत्र छाप्न बाँकी
सोमबार, कात्तिक १४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
सोमबार, कात्तिक १४, २०७९
नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
सोमबार, कात्तिक १४, २०७९
तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
आइतबार, कात्तिक १३, २०७९
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आइतबार, कात्तिक १३, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाको रम्भाबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
तराईबाट आएर पहाडमा खेती
आइतबार, कात्तिक १३, २०७९
पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।


