Shittalpati
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन
नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।
तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने
तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने तानसेन नगरपालिकाले नेपाल नगरपालिका संघसँग मिलेर खानेपानी सरसफाई क्षेत्रमा सुसासन, सुदृढिकरण कार्यक्रम लागु गर्ने भएको छ । नेपाल नगरपालिका संघसँग भएको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकालाई पाँच वर्ष भित्र ग्रिन शहर, स्वच्छ, सफा शहरको रुपमा परिचित गराउने बताए ।
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।
निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ ।
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै
सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
रामपुरमा नगर प्रमुख नै निस्किए सडक पेटिमा राखिएका सामान उठाउन
रामपुरमा नगर प्रमुख नै निस्किए सडक पेटिमा राखिएका सामान उठाउन जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।
सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर
सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर प्रायः मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शिवाद माग्ने गरिन्छ । हिन्दु धर्ममा मनमनै ‘वर’ माग्नु नौलो होइन । तर पाल्पाको तिनाउ गाउँपालिका –४ कोलडाँडास्थित सत्यवती ताल र माईको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । ताल र मन्दिरको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’...
धानमा लागेन दाना, किसान चिन्तित
धानमा लागेन दाना, किसान चिन्तित पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।
आज हरिबोधिनी एकादशी
आज हरिबोधिनी एकादशी आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।
गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा
गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा आज जिल्लाका केही स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीको अवरसमा यहाँका तीन स्थानीय तहमा सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
Weather Update