Shittalpati
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।
आज लोकतन्त्र दिवस देशभर मनाइँदै
आज लोकतन्त्र दिवस देशभर मनाइँदै देशभर १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन लागिएको हो । आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’ लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।
एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन
एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
बेमौसमी तरकारीबाट मनग्य आम्दानी सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित देशैभर शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन पाल्पा र गुल्मीमा २ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा १ सय ७७ जना नियमित तर्फका र ३१ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
आज विश्व पृथ्वी दिवस मनाइँदैं
आज विश्व पृथ्वी दिवस मनाइँदैं आज विश्व पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार १९२ भन्दा बढी राष्ट्रहरूमा यो दिवस मनाउन लागिएको हो ।
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष...
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
Weather Update