पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह
बिहीबार, वैशाख १५, २०७९

बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे
बिहीबार, वैशाख १५, २०७९
सत्ता गठबन्धन अन्तर्गत एकिकृत समाजवादीबाट बगनासकाली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कमल पाण्डेयले बगनासकालीका जनताको जीवस्तर माथि उकास्न उम्मेदवारी दिएको बताएका छन् । उनले यहाँका जनताको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको भन्दै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
बिहीबार, वैशाख १५, २०७९
निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।

वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य
बिहीबार, वैशाख १५, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् ।

पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।

सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल
बुधबार, वैशाख १४, २०७९
रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओमप्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।

विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
मंगलबार, वैशाख १३, २०७९
वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।

पाल्पामा १७ जनाले बुझाए हतियार
मंगलबार, वैशाख १३, २०७९
जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन...
.jpg)
पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।

काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगी पालिका अध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आज बाजागाजा सहित पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित
सोमबार, वैशाख १२, २०७९
एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा...