पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
शुक्रबार, जेठ ६, २०७९

गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
शुक्रबार, जेठ ६, २०७९
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् ।

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, जेठ ६, २०७९
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
शुक्रबार, जेठ ६, २०७९
स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।

पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
बिहीबार, जेठ ५, २०७९
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।

सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बिहीबार, जेठ ५, २०७९
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...

विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
बिहीबार, जेठ ५, २०७९
गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...

वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
बिहीबार, जेठ ५, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।

पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला
बुधबार, जेठ ४, २०७९
जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै...

गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी
बुधबार, जेठ ४, २०७९
दुई नगरपालिका र दश गाउँपालिकाका रहेको गुल्मीका मतगणना सकिएको छ । यहाँ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको आन्तिम मतपरिणाम सार्वजनिक हुँदा काँग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ भने, माओवादीले चार र एमालेले तीन पालिकाको प्रमुखमा जित हासिल गरेको छ । चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको...
.jpg)
तानसेन नगरपालिकामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याए ।

गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...