पाल्पाको रम्भामा एमाले विजयी
सोमबार, जेठ ९, २०७९

पाल्पाका एक्लो दलित वडाध्यक्ष
सोमबार, जेठ ९, २०७९
पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...

लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
सोमबार, जेठ ९, २०७९
अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...

रम्भा गाउँपालिकामा एमालेको अग्रता
सोमबार, जेठ ९, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ ।

कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा
सोमबार, जेठ ९, २०७९
कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।

सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
आइतबार, जेठ ८, २०७९
सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।

तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
आइतबार, जेठ ८, २०७९
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

पाल्पामा शिक्षक सहकारी
आइतबार, जेठ ८, २०७९
जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका बेला नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्य शिक्षकहरुले भने सहकारी...

स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
आइतबार, जेठ ८, २०७९
गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण
आइतबार, जेठ ८, २०७९
नयाँ शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नयाँ शैक्षिक सत्रको लागि आवश्यक योजना, व्यवस्थापनको लागि शिक्षकलाई थप जानकारी गराउने उद्देश्यले वेद माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज (बेस) बराङदीले शिक्षकहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा
आइतबार, जेठ ८, २०७९
नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्यहरुद्वारा सञ्चालनमा आएको कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारीको अध्यक्षमा धनकला गाहा चयन भएकी छन् । शनिबार तानसेनमा भएको सहकारीको प्रथम साधारण सभाबाट गाहा अध्यक्षमा चयन भएकी हुन् ।

रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
शनिबार, जेठ ७, २०७९
रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक
शनिबार, जेठ ७, २०७९
सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।