‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’
मंगलबार, मंसिर १३, २०७९
सुकुम्बासी हतियारसहित प्रदर्शनमा
सोमबार, मंसिर १२, २०७९
हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
सोमबार, मंसिर १२, २०७९
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
सोमबार, मंसिर १२, २०७९
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।
गुल्मीमा धान उत्पादनमा कमी आयो
सोमबार, मंसिर १२, २०७९
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण...
पाल्पामा समानुपातिकमा एमालेको अग्रता
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ ।
निवर्तमान ६० सांसद पराजित
आइतबार, मंसिर ११, २०७९
अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ ।
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि
आइतबार, मंसिर ११, २०७९
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।
खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड
आइतबार, मंसिर ११, २०७९
बजारमा अखाद्य र गुणस्तरहिन वस्तुहरु विक्री वितरण भइरहेका छ । सम्बन्धित निकायले निगरानी र चासो नदिदा बजारमा अखाद्यवस्तुको खुलेआम विक्री वितरण भइरहको हो । जहाँ तही गुणस्तरहिन र अखाद्य वस्तु विक्री हुन थालेपछि पाल्पाको बगनासकाली गाउँपालिकाका उपभोक्ताहरुले खाद्य स्वच्छता कायम गर्न सचेतना र निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ...
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण
आइतबार, मंसिर ११, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।
पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा
शनिबार, मंसिर १०, २०७९
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाले निर्वाचन समीक्षा गरेको छ । उसले मंसिर ४ गते सम्मपन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गहन समीक्षा गरेको हो ।


