पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त
बिहीबार, कात्तिक ३, २०७९

रामपुर नहर बन्द हुँदा धानबालीमा असर
बिहीबार, कात्तिक ३, २०७९
पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन...

भाइटीकाको साइत ११ः३७ बजे
बिहीबार, कात्तिक ३, २०७९
यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।

नेपालमा भूकम्पको झट्का महशुस
बुधबार, कात्तिक २, २०७९
नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
बुधबार, कात्तिक २, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।

तिहारलाई झिनिया
बुधबार, कात्तिक २, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ ।

‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’
बुधबार, कात्तिक २, २०७९
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारको क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगर भित्रको विपद् व्यवस्थापनमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।

तापक्रम घट्दै, चिसो बढ्दै
मंगलबार, कात्तिक १, २०७९
मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।

गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
मंगलबार, कात्तिक १, २०७९
‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।

निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र
मंगलबार, कात्तिक १, २०७९
स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।

उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ?
मंगलबार, कात्तिक १, २०७९
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो ।

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

डेङ्गुबाट ४८ को मृत्यु
सोमबार, असोज ३१, २०७९
हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।