एक करोड थान मतपत्र छाप्न बाँकी
सोमबार, कात्तिक १४, २०७९

प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
सोमबार, कात्तिक १४, २०७९
नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।

थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
सोमबार, कात्तिक १४, २०७९
तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
आइतबार, कात्तिक १३, २०७९
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...

बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आइतबार, कात्तिक १३, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाको रम्भाबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

तराईबाट आएर पहाडमा खेती
आइतबार, कात्तिक १३, २०७९
पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार !
आइतबार, कात्तिक १३, २०७९
गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।

काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने
शनिबार, कात्तिक १२, २०७९
नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ
शनिबार, कात्तिक १२, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।

काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
शनिबार, कात्तिक १२, २०७९
नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।

तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
आइतबार, कात्तिक ६, २०७९
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।