Shittalpati
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका – १ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो । आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका...
अन्धविश्वासले सडकमा पुर्यायो
अन्धविश्वासले सडकमा पुर्यायो बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा...
आज विश्व खाद्य दिवस मनाइँदै
आज विश्व खाद्य दिवस मनाइँदै विभिन्न कार्यक्रम गरी आज ४२ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिएको हो ।
तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु
तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका–२ हापुरस्थित तारे जंगलमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको ज्यान गएको छ । शुक्रबार साँझ साथीसँगै जंगलमा अरिङ्गाल पोल्न गए हापुरका ३० वर्षीय विष्णु सारुको रुखबाट लडेर ज्यान गएको हो ।
विपदमा परेका व्यक्तिको उद्दारमा सुरक्षाकर्मीद्वारा तानसेनमा पूर्व अभ्यास
विपदमा परेका व्यक्तिको उद्दारमा सुरक्षाकर्मीद्वारा तानसेनमा पूर्व अभ्यास शुक्रबार दिउँसो तानसेन नगरपालिका– ३ तानसेन तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे ।
मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।
मतदाता शिक्षालाई बृहत्तर बनाइने
मतदाता शिक्षालाई बृहत्तर बनाइने निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।
Weather Update