हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु
सोमबार, मंसिर २४, २०८१
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई पुर्नजीवन दिदैं अभियान नेपाल
सोमबार, मंसिर २४, २०८१
आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।
उड्डयन क्षेत्र ः एक दशकमा ६ ठूला हवाइ दुर्घटना, जिम्मेवार को ?
सोमबार, मंसिर २४, २०८१
हरेक वर्ष ७ डिसेम्बरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस शनिबार मनाइयो । यस दिवसलाई खासगरी उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत विमानस्थलको सुरक्षा राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष हुने हवाइ दुर्घटनाले यस्ता दिवसले नेपाली उड्डयन क्षेत्रमा के भूमिका खेल्दै...
छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
सोमबार, मंसिर २४, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, रोल्पा, धनुषा, सुनसरी, कास्की र लमजुङका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र अन्य घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सोमबार, मंसिर २४, २०८१
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
आइतबार, मंसिर २३, २०८१
सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मह बेचेर एक याममा १२ लाख आर्जन
आइतबार, मंसिर २३, २०८१
घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु १२ लाखको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ ।
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
आइतबार, मंसिर २३, २०८१
आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् । उनले विवाह पञ्चमीको अवसरमा सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा सीताकुण्डमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाले विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक...
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
आइतबार, मंसिर २३, २०८१
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । हरेक वर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर–१० डिसेम्बर) कै अवसर पारेर हरेक...
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
आइतबार, मंसिर २३, २०८१
चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो ।
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान
शनिबार, मंसिर २२, २०८१
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
शनिबार, मंसिर २२, २०८१
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।


