Shittalpati
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको थियो ।
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेपछि पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन् ।
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो 
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो  बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो । 
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराध गरेको आरोप छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’ बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै  सराय नाच निकालिएको छ ।
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । 
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
Weather Update