रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन
मंगलबार, कात्तिक ६, २०८१
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
मंगलबार, कात्तिक ६, २०८१
नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए ।
राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग
मंगलबार, कात्तिक ६, २०८१
तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् ।
सार्वजनिक जग्गामा ‘बुद्धपार्क’
मंगलबार, कात्तिक ६, २०८१
झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले...
दुना–टपरीले फेरिएको दैनिकी
मंगलबार, कात्तिक ६, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी मिनु रोकाहालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् । हिजोआज उनको दैनिकी फेरिएको छ ।
तिहारका लागि फूल तयार
सोमबार, कात्तिक ५, २०८१
तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।
आज गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
सोमबार, कात्तिक ५, २०८१
गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा आज शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।
बागलुङको छुर्पी अमेरिका निर्यात
सोमबार, कात्तिक ५, २०८१
पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।
आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
सोमबार, कात्तिक ५, २०८१
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
सोमबार, कात्तिक ५, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आइतबार सावजनिक गरेको हो ।
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
आइतबार, कात्तिक ४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।
सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
आइतबार, कात्तिक ४, २०८१
गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा सोमबार शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।


