सरकारले चार महिना लामो लकडाउन हटायो
बुधबार, साउन ७, २०७७
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
सोमबार, साउन ५, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
सोमबार, साउन ५, २०७७
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पहिरोले रामपुरमा दुई घर पुरियो
सोमबार, साउन ५, २०७७
आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते
शनिबार, साउन ३, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार प्रदेश पाँचका बाँके, रुपन्देही, कपिलवस्तु र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु र पाँच घाइते भएका हुन् ।
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।
खोलाले बगाउँदा एक पुरुष बेपत्ता
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका –८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका हुन् ।
मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा
शुक्रबार, साउन २, २०७७
मास्क नलगाई घरबाहिर निस्कने प्रहरीको फन्दामा पर्ने गरेका छन् । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै पाल्पा र गुल्मीमा पनि नियम उलंघन गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।
अधिकारकर्मीद्वारा रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार, साउन २, २०७७
गुल्मी र पाल्पाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहित जिल्लामा क्रियाशील मानव अधिकार सम्वद्ध संस्थाहरुले प्रमुख जिल्ला अधिधकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।
गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार, साउन २, २०७७
जिल्लाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित
शुक्रबार, साउन २, २०७७
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो ।
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
शुक्रबार, साउन २, २०७७
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना...
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
शुक्रबार, साउन २, २०७७
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।


