Shittalpati
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । 
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।
लेखा समितिमा १२१ उजुरी
लेखा समितिमा १२१ उजुरी सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् । 
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।
शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । सोमबार देशैभर विविध कार्यक्रम आयोजना गरी १५ वर्ष पुरा भई १६ औं वर्ष प्रवेशको अवसरमा गणतन्त्र दिवस मनाइयो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदैं आइएको छ । तर, जनतामा गणतन्त्र घोषणा हुँदा जुन...
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
नेपालको वार्षिक औसत तापक्रम वृद्धि नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । 
गणतन्त्र दिवस मनाइँदै
गणतन्त्र दिवस मनाइँदै आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।
Weather Update