खोलामा डुबेर दुई जनाको मृत्यु
सोमबार, भदौ ११, २०८०
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
सोमबार, भदौ ११, २०८०
जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, भदौ ११, २०८०
जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
आइतबार, भदौ १०, २०८०
गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
आइतबार, भदौ १०, २०८०
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
शनिबार, भदौ ९, २०८०
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।
असफलताको बाटोमा स्वास्थ्य बीमा
शनिबार, भदौ ९, २०८०
स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला, गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन
शुक्रबार, भदौ ८, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो ।
मानव कङ्काल फेला
शुक्रबार, भदौ ८, २०८०
कपिलवस्तुको एक वनमा मानव कङ्काल फेला परेकोे छ । वाणगङ्ग नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको हो ।
करेन्ट लागेर एक पुरुषको मृत्यु
शुक्रबार, भदौ ८, २०८०
रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।
‘छाप्राकको राते पहराले निदाउन दिँदैन’
शुक्रबार, भदौ ८, २०८०
दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्यो स्वागत
बिहीबार, भदौ ७, २०८०
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्डको अग्रसरताको स्वागत गरेको छ । बोर्डले विभिन्न सरकारी निकायहरुबाट सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण हुने विज्ञापन सूचना तथा सन्देशको बिल भुक्तानीको प्रक्रिया पारदर्शी हुन नसकिरहेको बेला त्यसलाई रोक्न नीतिगत व्यवस्था गरेसँगै संघले त्यसको स्वागत गरेको हो ।
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
बुधबार, भदौ ६, २०८०
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो ।


