Shittalpati
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको  छ ।  ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन पाल्पाका दुई स्थानका सांस्कृतिक डबली पुरा नहुँदै अलपत्र परेका छन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा निर्माण थालिएका डबलीको अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि पुरा नहुँदै अपलत्र परेका...
आज जैविक विविधता दिवस मनाइदैं
आज जैविक विविधता दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका भित्रका शिक्षित युवाहरुलाई लक्षित गरेर दुई हप्ते शिक्षक सेवा आयोग सम्बन्धी तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका ४० जना शिक्षित युवाहरुलाई पालिकाले दुई हप्ते प्रा.वि स्तरको शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको हो ।
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा जिल्लाको गुल्मी दरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकाले जिल्लामै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
Weather Update