Shittalpati
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’ नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा खड्का
परराष्ट्रमन्त्रीमा खड्का नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
संविधान घोषणाको ६ वर्ष
संविधान घोषणाको ६ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
गणेशमानको स्मृति दिवस मनाइयो
गणेशमानको स्मृति दिवस मनाइयो नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’ नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।
संसद बैठक स्थगित
संसद बैठक स्थगित मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
पाल्पामा पनि एमसीसीको विरोध
पाल्पामा पनि एमसीसीको विरोध नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
एमालेको अवरोधपछि संसद बैठक स्थगित
एमालेको अवरोधपछि संसद बैठक स्थगित आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
Weather Update