खाद्य स्वच्छताप्रति गम्भीर बन
बिहीबार, जेठ २६, २०७९

अब रोकौं : अविर यात्रा
बुधबार, जेठ २५, २०७९
हालै सम्पन्न स्थानीय तहको निर्वाचन सकेर विजेताहरुले अविर जात्रा गरिरहेकै बेला प्रदेश र संघीय क्षेत्रको निर्वाचनको तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिर भित्रमा निर्वाचन सम्पन्न गर्न सक्नेगरी व्यवस्थापन मिलाउने कार्यमा सरकारलाई सुझाव पेश गरे लगत्तै फेरि निर्वाचनका तयारीका लागि दलहरुको सक्रियता बढेको महशुस गरिएको छ ...

सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ
मंगलबार, जेठ २४, २०७९
नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् ।

किसानलाई समयमै मल देऊ
सोमबार, जेठ २३, २०७९
यस पटक पनि रोपाइँको बेलामा किसानले मल नपाउने स्थिति देखा परेको छ । देशाका अधिकांस जिल्लाहरुमा यति बेला मल अभावका समाचारहरु बाहिर आएका छन् । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् ।

नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष
आइतबार, जेठ २२, २०७९
परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख ।

वातावरण संरक्षण आवश्यक
आइतबार, जेठ २२, २०७९
पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर...

कृषिको बजेट कर्मकाण्ड मात्र
शुक्रबार, जेठ २०, २०७९
नेपाल कृषि प्रधान देश हो । तर अधिकांश कृषिजन्यवस्तु बाहिरबाट आयत गर्नु परेको छ । सरकारले हरेक वर्ष कृषिमा राम्रै बजेट विनियोजन गर्छ । यो आफैमा राम्रो हो । तर विडम्बना भन्नुपर्छ बजेट कार्यान्वयन नहुँदा वर्षेनी ठूलो परिणाममा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु परेको छ । खाद्यान्नमध्ये पनि चामलको आयात...

सुरक्षित हवाई उडानमा ध्यान देऊ
बिहीबार, जेठ १९, २०७९
नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी
बुधबार, जेठ १८, २०७९
स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरी रहेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले तयारीमा जुटेका छन् । स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनु पर्ने हुन्छ ।

बजेट कार्यान्वयन होस्
मंगलबार, जेठ १७, २०७९
सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा बजेट सफल...

मंकिपक्सबाट बेलैमा सतर्क बनौं
सोमबार, जेठ १६, २०७९
लामो समयको कोरोना महामारीको त्रासबाट मुक्त हुन लागेको विश्व जगत अहिले फेरी मंकिपक्स संक्रमणको त्रास बोहोर्न बाध्य भएको छ । अफ्रिकासँगै युरोप र अमेरिका जस्ता देशहरुमा मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ । यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गणतन्त्र दिवसको औचित्य
आइतबार, जेठ १५, २०७९
आज १५ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नेपालमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । आजको यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको...