निजी क्षेत्रलाई उपेक्षा नगरौं
शुक्रबार, पुस १, २०७९
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक
बिहीबार, मंसिर २९, २०७९
देशमा अर्थतन्त्रका पक्षमा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । तर सरकार भने ति समस्या समाधानमा गम्भीर भएको देखिदैन । पछिल्लो समय राष्ट्र बैंकले ल्याएको नीतिप्रति उद्योगी व्यवसायीहरु आन्दोलित छन् ।
अध्यादेश प्रकरणले दिने सन्देश
बुधबार, मंसिर २८, २०७९
शेरबहादुर देउवाको छविलाई बिगार्नेगरी गरिएका विभिन्न खालका कृयाकपालले अहिले मुलुक अत्यान्तै संकटमा परेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्राप्त परिणाम पछि नयाँ सरकार बनाउने क्रममा शेरबहादुर प्रवृति फेरि पनि पुनरावृति गर्ने प्रयास अत्यान्तै गम्भीर बन्दै गएको छ ।
समानुपातिक समावेशीको अपमान
मंगलबार, मंसिर २७, २०७९
मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छ । दलहरुले समानुपातिक समावेशीतर्फका सांसदहरुको नामवली सिफारिस गरेका छन् । उनीहरुले समानुपातिक समावेशीको मर्म विपरित सांसदहरुको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले पुनः सच्याएर पठाउन भनेको छ ।
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं
सोमबार, मंसिर २६, २०७९
भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्लङ्घन गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ ।
पर्वतीय क्षेत्रहरु जोगाऊ
आइतबार, मंसिर २५, २०७९
नेपाल आफैंमा पर्वतीय र प्राकृतिक छटाले भरिपूर्ण मुलुक हो । पर्वत, जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो मुलुकमा थुप्रै पर्वतीय क्षेत्रहरु छन् । पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ ।
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय
शुक्रबार, मंसिर २३, २०७९
नेपाली बृहत् शब्दकोशमा विभिन्न आठ किसिमका संस्कार बताइएको छ । जसको छैठौं नम्बरमा रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा हो भनिएको छ ।
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
नेवारी संस्कृति योमरी पुन्हि
बिहीबार, मंसिर २२, २०७९
आज मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा योमरी पुन्ही यसलाइ धान्य पूर्णिमा पनि भनिन्छ । यो पर्ब धानबालीसंग सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । नेवारहरु यस पूर्णिमालाई थिंला पुन्हि पनि भन्दछन् । काठमाडौं उपत्यकाका अधिकांश टोलहरुमा आज साँझ बच्चाहरु ‘त्य: छिं त्य: बकछीं त्यः, लातापाता कुलिचाँ जुसि त्यः’...
स्थिर सरकार देऊ
बिहीबार, मंसिर २२, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत भने देखिँदैन । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
नयाँ पुस्ताको सरकार बनोस्
बुधबार, मंसिर २१, २०७९
मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका...
माटो सुधारमा ध्यान दिऊ
मंगलबार, मंसिर २०, २०७९
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।...