Shittalpati
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । सरकारले समेत अर्थतन्त्र चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ । राजश्व परिचालन लगायतमा देखिएको समस्याका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र कोभिड–१९ पछि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गरिएका पहलहरुले साथर्कता पाउन सहिरहेको छैन ।
श्रमिकको सम्मान गरौं
श्रमिकको सम्मान गरौं आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको...
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ? संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरू अपरिहार्य संस्था हुन् । तर समयको बहावसँगै राजनीतिक दलहरूमाथि पनि नयाँ–नयाँ चुनौतीहरू थपिदै गएका छन् । संगठन गर्ने शैली, पद्धति, मुद्दा र काममा नयाँ परिवर्तन हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन् । उन्नाइसौँ शताब्दीका राजनीतिक संगठनहरूभन्दा बीसौँ शताब्दीका संगठनहरू धेरै मानेमा फरक हुन पुगे ।
अयोग्य लडाकुलाई रकम बाँड्न रोक
अयोग्य लडाकुलाई रकम बाँड्न रोक सरकारले अयोग्य लडाकुलाई दुुई लाख बाँड्ने भनि गरेको निर्णयप्रति व्यापक आलोचना भएको छ । यस अघि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई रकम बाँड्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । राहत स्वरुप प्रतिव्यक्ति दुई लाख रूपैयाँ दिने भनि कार्यविधि पारित गरेपछि त्यसलाई लिएर अहिले सर्वत्र बहस भएको...
औलो रोगबाट बच्न सचेत बनौं
औलो रोगबाट बच्न सचेत बनौं औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुुने गरेका छन् ।
स्वास्थ्यका लागि हाँसो
स्वास्थ्यका लागि हाँसो हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हाँस्नका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । यो हाँसो स्वास्थ्यका लागि अचुक औषधि हो । तर मानिस खुलेर हास्नै सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ ।
पुराना दल : सच्चिने कि सक्किने ?
पुराना दल : सच्चिने कि सक्किने ? वैशाख १० गते सम्पन्न उपनिर्वाचनले एक गतिलो सन्देश दिएको छ । यस निर्वाचनले पुराना दल भनिएकाहरुलाई नयाँ दलले नराम्रासँग झड्का दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले मतदानको माध्यमबाटै पुराना दललाई ठूलो सजाए दिएका छन् ।
बौद्धिक सम्पत्तिको संरक्षण गर
बौद्धिक सम्पत्तिको संरक्षण गर बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै...
वैशाख १२ दोहोरिन नदिऔं
वैशाख १२ दोहोरिन नदिऔं २०७२ सालको वशौख १२ सबैको मानस्पटलमा ताजै छ । ८ वर्षअघि वैशाख १२ गते, मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्भवतः कसैले पनि विर्सिएका छैनन् । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । आज २०७२ सालको भूकम्पको आठौँ वर्ष पुगेको दिन...
लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर
लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर १७ वर्ष अगाडि अर्थात् २०६३ साल वैशाख ११ गते मुलुकमा लोकतन्त्र ल्याइएको दिन हो । युग परिवर्तनको नारा लागेको र हरेक जनताले आफू विजयी भएको स्मरण गर्ने विशेष दिनका रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालमा २४० वर्षे जहाँनिया शासनको अन्त्य भई नयाँ नयाँ युगको सुरुवात भएको स्मरणमा हरेक वर्ष...
विकासको रटना हैन काम गर
विकासको रटना हैन काम गर सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् ।
कोभिड बढ्दै छ, सचेत बनौं
कोभिड बढ्दै छ, सचेत बनौं कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् ...
Weather Update